News राजनीति

प्रधानमन्त्री ओली भन्छन्– भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोजे

संघीयताप्रति वितृष्णा

प्रधानमन्त्री ओली भन्छन्– भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोजे

प्रधानमन्त्री केपी ओलीले सवैलाई मिलाएर हिड्न खोज्दा आफैलाई सिद्याउन खोजेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफूले पार्टी एक गरेर लैजान खोजेको र ज–जसले भागबण्डा मागे दिएको भन्दै ‘उल्टै भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने’ भन्दै प्रश्न गरे। ‘मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ’– उनले भने।

‘पार्टी कब्जा ग¥यौं । केपी ओलीलाई समाप्त पा¥यौं भनेको होइन ? केपी ओलीलाई भित्तामा पु¥याउने रे ? कोहीले धूलोमा पु¥याउने, सिध्याइदिने रे । सबैतिर हटाएकाहरुले संसद विघटित भएकाले संसद सदस्यबाट निकाल्न नसकेको । नत्र त संसदबाटै निकाल्थे’– उनले थपे।

उनले माओवादी युद्धप्रति पनि आक्रोश पोखे। ‘त्यो युद्धले दिएको पीडा सम्बोधन नगरेको तर अझै तिनै पीडित कार्यकर्तालाई अल्मल्याउन खोजेको छ’ उनले भने–‘कम्युनिष्ट विरोधी, राष्ट्र विद्रोही, आपराधीक उद्देश्य पूरा हुन दिइने छैन । सफल हुन दिइने छैन ।’

संघीयताप्रति वितृष्णा
प्रधानमन्त्री ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताए। जनताले संघीयताले कामै गरेन भन्दै यो काम नलाग्ने रहेछ भन्न थालेको उनले वताए ।

‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ’– उनले भने।
 

विशेष