मुख्यमन्त्री बेचारा भएर पदमा बसेका छन : नेता यादव

मुख्यमन्त्री बेचारा भएर पदमा बसेका छन : नेता यादव


जनकपुरधाम
नेपाली काग्रेसका प्रदेश नम्बर २ का संसदीय दलका नेता राम सरोज यादवले मुख्यमन्त्री बेचारा भएर पदमा बसेको बताएका छन । उनले यसरी पदमा बेचारा भएर बस्नुको सटटा राजिनामा दिनु नै वेस हुने बताए । 
प्रदेश नम्बर २ को प्रदेश सभाको आज देखि सुरु भएको पांचौ अधिवेसनमा आफनो धारणा राख्दै उनले प्रदेश सभाका सदस्यहरुले उठाउने गरेको समस्यालाई समाधान गर्न वाचा गर्ने गरेपनि मुख्यमन्त्री र मन्त्रीहरुत्यो वाचालाई कहिले पुरा नगरेको बताए । यादवले भने मुख्यमन्त्री जहिले नि आफुहरुको समस्यालाई लिएर हो जाएगा भन्नु हुन्छ तर पुरा कहिले गर्नु हुन्न । उहाको बोलीको कुनै ठेगान नै छैन  ।
यादवले आफुहरुल संघीयता नया भएकै कारणले त्यसकालाई टिकाउन र सबल बनाउन सरकारलाई सहयोग गर्दै आएपनि सरकार आफुहरुको सहयोगीलाई कमजोरी ठानेको बताए । उनले आफुहरुको सहयोगलाई कमजोर नठान्ने आग्रह गरे । उनले प्रदेश सकरार टुक्रा टुक्रा रुपमा योजना वितरण गरेर आफनो कार्यकर्ताहरुलाई पाल्नु र भ्रष्टाचारमा मात्रै लिप्त रहेको आरोप लगाए । यादवले भने खबदार तपाईहरु सदनलाई अवहेलना गर्नुभएको छ सभामुखिको रुलिंगलाई समेत टेर्नुभएको छैन म मुख्यमन्त्री र मन्त्रीलाई संसदको अवहेलनामा कारवाहीको मांग गर्दछु ।
प्रदेश सरकारले प्राथमकितामा राख्नु पर्ने योजनाहरु संचलन नगरेर कार्यकर्ता र वितरण मुखि योजनाहरु मात्रै संचालन गरिरहेको आरोप लगाए  ।यादवले तिन वर्ष सम्म राजधानी र प्रदेशको नाम समेत टुगो लगाउन नसक्ने सरकारबाट जनताले सबल प्रदेशको आशा समेत गर्न नसकिने बताए । यादवले भने तिन वर्षमा राजधानी र प्रदेशको नामको विषयमा एक पटक पनि संसदमा रहेका दलसंग छलफल गर्नु भएको छैन,यस्तो अवस्थामा कसरी प्रदेशको विकास सम्भव छ । 
 

जनकपुरधाम नेपाली काँग्रेस प्रदेश नम्बर २ राम सरोज यादव

संम्बधित खबर

विशेष