News

प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षको एउटै हतियार– संसद अवरोध

प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षको एउटै हतियार– संसद अवरोध

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि प्रतिपक्ष दलको अवरोधका कारण कार्यसुचिमा प्रवेशनै नगरी बैशाख ५ गते सम्मका लागि स्थगित भएको छ । 

नेकपा छुट्टिएर एमाले र माओवादी केन्द्र भएपछि सदन र सरकारमा समेत शक्तिसाली बनेका मुख्यमन्त्री शेरधन राईको सरकारले ल्याएका विभिन्न कार्यसूचिलाई अहिले प्रतिपक्ष दलले अवरोध गर्दै रोक्न थालेका छन् । यस अघि मुख्यमन्त्री राईको अविश्वास प्रस्तावलाई सदनमा पु¥याउनबाट रोक्न र अविश्वास प्रस्ताव असफल पार्न सरकार समर्थित सांसदले नै सदनमा अबरोध गर्दै आएका थिए । 

मुख्यमन्त्री शेरधन राईलाई अविश्वासको प्रस्ताव ल्याएपछि सुरु भएको सातौँ हिउँदे अधिवेशनको सातवटा बैठक सकिँदा समेत अवरोधका कारण सदनबाट कुनै महत्वपुर्ण काम हुन सकेको छैन । 

पछिल्लो समय प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरुले यस अघि चैत २६ र २७ गतेको बैठक पनि अवरुद्ध गरेका थिए । 

सरकार आफैले ल्याएको रातो कितावको नीति बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नुलाई सरकारको असक्षमता भएको प्रतिपक्षी दलको आरोप छ । 

यसरी नै संसद अबरोध भईरहे बैशाखमा नै अधिवेशन समाप्त हुन सक्ने सम्भावना समेत रहेको एमालेका नेताहरु वताउँछन् ।

दुई पटकसम्म सदन अवरुद्ध भएपछि सोमबार मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा सुचारु गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक समेत राखेका थिए । बैठकले कुनै निश्कर्ष निकाल्न नसकेका कारण पुनः संसद अवारोध हुँदै आएको छ। 

प्रदेश १ सत्तापक्ष र प्रतिपक्ष एउटै हतियार संसद अवरोध

विशेष