News

चार जना प्रदेश सभा सदस्य वर्खास्त

चार जना प्रदेश सभा सदस्य वर्खास्त


जनकपुर
नेकपा माओवादी केन्द्र परित्याग गरेका प्रदेश नम्बर २ का चार जना प्रदेश सभा सदस्य बर्खास्त भएका छन ।  प्रदेश नम्बर २ का प्रदेश सभाका बैठकमा सभामुख सरोजकुमार यादवले माओवादी केन्द्र परित्याग गरेका रामचन्द्र मण्डल,ज्वालाकुमारी साह,कुन्दन कुशवाहा र मोहमद समिरले पार्टी परित्याग गरेको सम्बन्धी पार्टी पत्र प्रदेश सभामा पढेर सुनाउनु भएको थियो । पार्टीले प्रष्टीकरण सोधेको र सो नदिएको र पार्टीमा समेत नफर्किएको कारणले दल परिवर्तन सम्बन्धी ऐन अनुसार कारवाहीको लागि माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाउनु भएको थियो ।सो पत्र सुनाएपछि चार जनाको सदस्यता रिक्त भएको छ । प्रदेश सभाले वर्खास्त भएका चारै जनाको विषयमा निर्वाचन आयोगमा जानारी गराउन छन । बर्खास्त भएका चार जना मध्ये एक जना मोहमम्द समिर समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन । अन्य तिन जना भने प्रत्यक्षबाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।  रिक्त गरेको प्रदेश सभा सदस्य जुन प्रक्रियाबाट आएरका हुन सोही प्रक्रियाबाट पुन : अर्को सदस्यलाई ल्याउने प्रावधान रहेको छ । 

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २

विशेष