News राजनीति

प्रधानमन्त्रीको ब्यंग्य– जो भेट्यो त्यहीलाई ‘प्रधानमन्त्री भइदेउन होउ’ भन्दै हिड्या छन्

बहुमत छ, राजीनामा दिन्न

प्रधानमन्त्रीको ब्यंग्य– जो भेट्यो त्यहीलाई ‘प्रधानमन्त्री भइदेउन होउ’ भन्दै हिड्या छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड प्रति ब्यंग्य गर्दै ‘जो भेट्यो त्यहीलाई प्रधानमन्त्री भइदेउन होउ’ भन्दै हिडेको वताएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले झण्डै दुई तिहाईको पार्टी फुटाएर सरकार ठाल्नका लागि अरुसँग बिन्ती गर्दै हिँडेको आरोप लगाए।

‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन होउ । शेरबहादुरजीलाई भेट्यो– दाइ प्रधानमन्त्री भइदिनुप¥यो । महन्थ जीलाई भेट्यो–ए दाइ प्रधानमन्त्री भइदिनु प¥यो । किन भन्दा कम्युनिष्ट सरकार ठाल्नु प¥यो क्या । त्यसकारण शेरबहादुर भइदिनुप¥यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुप¥यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरु अहिले पनि छन्’ उनले भने–‘सलबलाई रहेका छन् । यी चुनौतीहरु अहिले पनि छन् । तर तपाईंहरु ढुक्क रहनुहोस् यस्ता छद्मभेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरुलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र अपराधिक उद्देश्यहरु सफल हुन सक्ने छैन ।’

ओलीले आफूहरूले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । ‘हामीले टाँसिदिएको जुँगा । अलिक दिपछि त्यो जुँगा हामी निकाल्दिन्छौ त्यसपछि सक्कियो’– उनले भने।

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको दाबी गरे । 

बहुमत छ, राजीनामा दिन्न
प्रधानमन्त्री ओलीले आफूसँग बहुमत रहेकाले राजीनामा नदिने बताएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रले राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन् ।

समर्थन फिर्ता लिएर हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले चुनौती दिए। आफूलाई माओवादीको समर्थन नचाहिएको पनि उनले वताए ।
 

विशेष