News फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस
 

नाका खोल्ने बारे छलफल– कर्णाली प्रदेशसँग चीन जोड्ने मुगु जिल्लामा रहेको नाक्चे लाग्ना नाका खोल्ने बारे जिल्ला समन्वय समिति मुगुको हलमा स्थानीयहरुसँग छलफल गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव स्तरीय टोली । जिल्ला सदरमुकाम गमगढीबाट ९३ किमी दूरी रहेको यो नाका हुम्लाको हिल्सा नाका भन्दा ६५ किमी दूरी छोटो रहेको बताइएको छ ।

 

घटना दर्ता अभिमुखीकरण– तनहुँको म्याग्दे गाउँपालिका–१ वडा कार्यालयमा सोमबार आयोजना गरिएको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम । गाउँपालिकाले सात वटै वडा कार्यालयमा एकैसाथ अभिमुखीकरण सम्पन्न गरेको छ ।

 

साइकल चलाएर आफ्नो गन्तव्यतर्फ– लुम्बिनीस्थित केन्द्रीय नहर छेउबाट साइकल चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै स्थानीयहरु ।

 

गन्तव्यमा जाँदै– कपिलस्तुको तौलिहवा प्रशासन कार्यालय नजिक कालिका चोकको बाटो हुँदै आफ्ना् गन्तव्यमा जाँदै अपाङ्गता भएका व्यक्तिहरु ।

 

निकुञ्जमा चित्तल – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चर्दै गरेका चित्तल । चोरी शिकारमा नियन्त्रण बढाइएसँगै निकुञ्जमा चित्तलको सङ्ख्या बढ्दै गएको राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।


 

नेपाली भूमिमा भारतीय पक्षले निर्माण गर्न लागेको तटबन्ध– नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्दै । नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न थालेका छन् ।

 

पन्ध्र सन्तानकी आमा बेसहरा– जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आउनुभएकी ७१ बर्षीया नन्दकुमारी दवाडी । उहाँले पन्ध्र वटा सन्तान जन्माए पनि चौध वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा अलपत्र पर्दै आउनुभएको छ ।

 

मन्दिर क्षेत्रमा आगलागी– बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित भूमिराज मन्दिर क्षेत्रको वनमा आइतबार राति भएको आगलागी । आगलागीबाट वनक्षेत्र जलेर नष्ट भएको छ ।

 

भारतबाट फर्किएका नेपाली– भारतमा मजदूरी गरी फर्केका नेपाली नागरिक बैतडीको गोठलापानी बजारमा जीपबाट ओर्लिंदैं । भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि नेपाली नागरिक स्वदेश फर्कन थालेका छन् ।

 

दोधारा झोलुङ्गे पुल– कञ्चनपुरको दोधारा, चाँदनीमा रहेको झोलुङ्गे पुलबाट साँझपख देखिएको सूर्य अस्ताउँदै गरेको दृश्य ।

 

डोको बुन्दै भुजेल– शुक्लागण्डकी नगरपालिका–१२ निवासी ७८ बर्षिय पूर्णबहादुर भुजेल डोको बुन्दै । उहाँले प्रति डोको रु पाँच सयमा बिक्री गर्दै आउनुभएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जमा चर्दै गरेका गैडा– चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र चर्दै गरेका एकसिँगे गैंडाहरु । नेपालमा यो वर्ष ७५२ गैंडा रहेका छन् ।

देशको दृष्य

विशेष