माओवादी केन्द्रले चार जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न सिफारिस गरियो

माओवादी केन्द्रले चार जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न सिफारिस गरियो


जनकपुर
माओवादी केन्द्रले आफनो चार जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएको छ । 

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले पार्टी परित्याग गरेर नेकपा एमालेमा रहेका र उहाहरुलाई पार्टीमा फर्किन आग्रह गर्दा समेत नपाएपछि वाध्य भएर यस्तो कमद चाल्नु परेको बताए । उनहरुले स्पष्टीकरणको समेत जवाफ नदिएपछि वाध्यभएर यस्तो कठोर कदम चाल्नु परेको बताए  । नेकपा एमालेमा लागेको भन्दै पार्टीले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको साहले जानकारी दिए । प्रदेश सभामा कानुन अधिकृत विदामा रहेका कारणले उनि आए लगतै पद वर्खास्ती गरिने आफुलाई सचिवालयले जानकारी दिएको बताए । आज भोलीमा उहाहरुको पद बखाृसत हुनेछ । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए । यता बर्खास्तीको सिफारिस गरिएकी ज्वाला कुरमारी साहले पार्टीले गरेको कारवाही भोग्न आफुहरु तयार रहेको बताइन । उनले आफु विचार र पार्टीको निर्माण लागेको कारणले स्टीकरण समेत नदिएको र माओवादीले गर्ने कारवाही भोग्ने बताए । उनले भने आफुहरुलाई कारवाहीले कुनै महत्व राख्दै विचार र निति एमालेको ठिक्क लागेकोले यतै रहने छु । 

जनकपुर नेकपा माओवादी केन्द्र

संम्बधित खबर

विशेष