सत्ताधारी दल प्रदेशसभामा पहिलो पटक नेता विहिन

सत्ताधारी दल प्रदेशसभामा पहिलो पटक नेता विहिन


जनकपुरधाम
प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी पहिलो पटक प्रदेश सभामा नेता विना नै उपस्थित हुन लागेको छ । प्रदेश सभाको बैठक सोमवार १ बजे बस्दै छ । बैठकमा बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुखको प्रदेशसभा आह्वान सम्बन्धि पत्र पढेर सुनाउने कार्य सुचि रहेको छ । त्यसैगरि प्रत्येक दलबाट नेताहरुले धन्यवाद ज्ञापन गर्ने कार्य सुचि रहेको छ । तर जसपाबाट कोही संसदीय दलको नेताको हैसियतबाट कसैले पनि आफनो धारणा राख्ने छैनन् तर मुख्यमन्त्रीको हैसियतमा लालबाबु राउतले आफनो धारणा राख्ने कार्य सुचि रहेको छ ।  तत्कालिन राजपा नेपाल र सपा नेपाल बिचमा एकिकरण भएर बनेको जनता समाजवादी पार्टी पहिलो पटक प्रदेश सभाको बैठकमा नेता विहिन भएर उपस्थिति हुदै छ । संसदीय दलको समायोजनाका लागि निर्वाचन आयोग देखि प्रदेश सभा समेतले ताकेता गर्दा समेत कुनै चासो नलिएको बताइएको छ  । मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेश सभालाई छल्दै आएका छन । ६ महिनामा प्रदेश सभाको बैठक बस्नुपर्ने अनिवार्य र वाध्यात्मक अवस्था रहेकै कारणले प्रदेश सभाको बैठक बस्न लागेको छ । जसपाकै प्रदेश सभा सदस्यहरुले समेत संसदीय दलको समायोजन र नेता चयन गर्न चासो नदेखाएको प्रति असंतुष्टि जनाईरहेका छन । संसदीय दल समायोजन भए नेता चयनको प्रक्रिया सुरु गरिने र नेता चयनमा अल्पमतमा पर्ने सम्भावना देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले नेता चयनको लागि चासो देखाएका छैनन् । 
मुलुकको राजनीतिक संकट, कोभिड महामारी र राजनीति दल विभाजन तथा एकता प्रक्रिया टुंगो नलाग्दा प्रदेशसभा ६ महिनादेखि बस्न सकेको थिएन ।
बैठक बोलाउन विपक्षी कांग्रेसका प्रदेश सांसदले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । राजपा र समाजवादी पार्टीको एकता भएर जनता समाजवादी पार्टी भए पनि प्रदेशसभामा पुरानै दुई पार्टी दर्ता छन । प्रदेशसभाबाट पुरानै पार्टीको हैसियतमा दलका नेता, उपनेता, सचेतकको सेवासुविधा गइरहेको छ । जसपाका नेता एवं प्रदेश सभा सदस्य मनिषकुमार सुमनले संसदीय दलको विधान निर्माण गरेर समेत पार्टीलाई बुझाइएको र पार्टीका केही नेताहरुले नै समायोजना गर्न नचाहेको बताए । उनले अहिले सम्म समायोजना नगरिनु दुखद रहेको बताए । 
 

जनकपुरधाम जनता समाजवादी पार्टी प्रदेश नम्बर २

संम्बधित खबर

विशेष