News

कोरोना संक्रमित दुई जनाको बुटबलमा मृत्यु , विद्यालय बन्द गर्ने तयारी

कोरोना संक्रमित दुई जनाको बुटबलमा मृत्यु , विद्यालय बन्द गर्ने तयारी


बुटबल
कोरोना संक्रमण फेरि बढन थालेको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए । 
प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । 
त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। दुवै जनामा निमोनियाको समस्या रहेको गौतमको भनाइ छ। बुटवलमा आइतबार पनि नवलपरासीका एक सक्रमितको मृत्यु भएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दको विषयलाई छलफलका लागि सीसीएमसी बैठकमा लैजाने निर्णय गरेको छ। आज मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकले प्राप्त सुझावका आधारमा छलफलका लागि सीसीएमसी बैठकमा लैजाने निर्णय गरिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।

कोरोना संक्रमण बुटबल

विशेष