News राजनीति

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध 

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध 

जनमत पार्टीको अध्यक्षमा सिके (चन्द्रकान्त) राउत निर्विरोध निर्वाचित भएका छन् । 

शनिबार सुरू भएको महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ। महाधिवेशन पहिलोपटक भएको हो।

महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्। उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन्।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिमा २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिला छन्।

विशेष