News राजनीति

ओलीले वोलाए पार्टीको केन्द्रीय कमिटी बैठक

ओलीले वोलाए पार्टीको केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

वैशाख ६ गते वस्ने गरी बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यस अघि चैत ७ गते ओली पक्षको केन्द्रिय समिटि वैठक वसेको थियो ।

नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले फागुन २८ र चैत ७ गतेको वैठकवाट भएका निर्णयहरु फिर्ता लिनु पर्ने माग गर्दै आएको छ। आफ्नो सहभागिता बिनानै ति निर्णयहरु भएकाले मान्न नसकिने उक्त पक्षले वताउँदै आएको छ ।

तर अध्यक्ष ओलीले भने ती निर्णयहरु फिर्ता नगर्ने अडान लिएका छन्। विवाद वढ्दै जाँदा नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेको छ। 
 

विशेष