गगन थापाको चिन्ताः रोजगारी गुमाएका श्रमिकका लागि सरकारले केहि गरेन

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकहरुका लागि सरकारले केहि नगरेको वताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ’कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केकाहरूलाई सरकारले तत्कालै पुनस्र्थापन गर्नुपर्छ ।’
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनर्स्थापना र रोजागारीमा जान चाहनेका लागि गन्तव्यमा पु¥याउने दायित्वबाट सरकार पन्छिन नमिल्ने उनको भनाई थियो।
उनले भने–‘कोरोना कालमा वैदेशिक रोजगारमा रहेका धेरैले जागिर गुमाए। दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय र दुई हजार प्रतिबद्ध कामदार काठमाडौंमै यत्रतत्र छरिएर बसेका छन्। यिनीहरूका पक्षमा सरकारले केही गर्न सकेन।’