News

प्रधानमन्त्रीलाई प्रश्नः जेष्ठ नागरिकलाई ढाट्ने कि भत्ता बढाउने ?

प्रधानमन्त्रीलाई प्रश्नः जेष्ठ नागरिकलाई ढाट्ने कि भत्ता बढाउने ?

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भनेर ज्येष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छिन् ।
 
संसदको शून्य समयमा बोल्दै रेग्मीले प्रधानमन्त्रीले धेरै काम गर्छु भन्दै जनता ढाँट्दै हिँडेको आरोप लगाईन। उनले वृद्धाभत्ता बढाउने विषयमा वृद्धवृद्धालाई नढाँट्न आग्रह गरिन। 

‘घरी रेल ल्याइदिन्छु, घरी पानीजहाज ल्याइदिन्छु, ग्यास पाइप चुलामा पु¥याइदिन्छु, घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाट्ने? अब हुँदाहुँदै हाम्रा पुजनीय जेष्ठ नागरिकलाई सुरक्षा भत्ता ५ हजार बनाइदिन्छु भनेर जेष्ठ नागरिकलाई ढाट्ने कि बढाउने?’

प्रधानमन्त्री ओलीले गत साता १ साउनबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका थिए । 
 

विशेष