कांग्रेस नेतृको आरोप– अहिलेको सरकार राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने !

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकारले राष्ट्रियता देखाउने तथा चुच्चे नक्सा हराउने काम गरेको वताएकी छिन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै भुसालले संसोधित नयाँ नक्सा सरकारले कहाँ लग्यो भन्दै प्रश्न गरिन। चैत २७ गते विभुषण प्रदान गर्दा नयाँ नक्सा प्रयोग नभएको भन्दै उनले सरकारको आलोचना गरिन् ।
‘अहिलेको सरकारले राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने । चैत २७ गते विभुषण प्रदान गर्दैगर्दा संसदीय अभ्यासबाट सर्वसम्मत नयाँ नक्सा पारित गरेको थियो,’ उनल भनिन्, ‘नक्सा पारित भयो अब यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर संसदले निर्देशन पनि गरेको हो ।’
‘राष्ट्रपतिबाट विभुषण प्रदान भएको छ । नक्सा संसोधन प्रतिक समावेश छैन सरकारले जिम्मा लिने कि नलिने ? यो गम्भीर भुल सरकारले किन गर्याे ? प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनुपर्छ । मुलुकमा विकास मात्र भइरहेको छ भनेर प्रधानमन्त्रीले भ्रम छरिरहनु भएको छ’– उनले भनिन्।
नेपाली काँग्रेस आरोप सरकार राष्ट्रियता चुच्चे नक्सा