News

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

वाग्मती नगरपालिका–८ शंकरपुर गाजली चोकमा भारतीय नम्बर प्लेटको बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फबाट आउँदै गरेको ज १ त १५७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

उत्तरतर्फ जाँदै गरेको मोटरसाईकल र ट्याक्टर ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक बरहथवा नगरपालिका–१५ पिप्राभित्ताका ५० वर्षीय भिखारी साह र पछाडि सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। चालक फरार रहेकाले खोजतलास भईरहेको प्रहरीको भनाई छ। 

विशेष