News राजनीति

एमाले प्रवेश गरेका मन्त्री रायमाझी भन्छन्– माओवादी केन्द्रलाई हैसियत नभएको पार्टी

एमाले प्रवेश गरेका मन्त्री रायमाझी भन्छन्– माओवादी केन्द्रलाई हैसियत नभएको पार्टी

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नै माओवादी केन्द्रलाई हैसियत नभएको पार्टीको संज्ञा दिएका छन् ।

अर्घाखाँचीमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो वताएका हुन् । माओवादीले आफनो हैसियत गुमाएकैले राजनीति बचाउन आफूले प्रधानमन्त्री ओलीको साथ नछाडेको उनले प्रष्ट्याए ।


एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएपनि अहिले उक्त पार्टीको कुनै पनि हैसियत नरहेको मन्त्री रायमाझीले जिकीर गरे ।

सांसदलाई कारबाही गर्ने तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने भन्दै उनले प्रचण्ड र माओवादी केन्द्रको आलोचना गरे । नयाँ सरकार बनाउने प्रयास अलपत्र पर्नुले पनि माओवादी कुन हैसियतमा छ भन्ने बुझन गाह्रो नभएको उनको तर्क छ। 
 

माओवादी केन्द्र ऊर्जामन्त्री टोपबहादुर रायमाझी हैसियत नभएको पार्टी

विशेष