बाहिर शहिद परिवारको धर्ना ,भित्र शुभकामना सहित चियापान

बाहिर शहिद परिवारको धर्ना ,भित्र शुभकामना सहित चियापान


जनकपुरधाम
मधेस आन्दोलनको बलमा बनेको प्रदेश सरकार अहिले शहिद परिवारलाई नै उपेक्षा गरेको छ । उनिहरुले राखेको मांगको विषयमा पटक पटक धर्ना आन्दोलन गर्दा समेत कुनै सुनवाई भएको देखिएको छैन ।

प्रदेश नम्बर २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनलको आयोजनामा आज मधेस मधेसमा चियापालन र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । अतिथिहरुलाई वितरण गरिएको कार्डमा कार्यक्रम १ बजे देखि ५ बजे सम्म राखिएको जानकारी दिएको थियो । कार्यक्रममा नेता र कार्यकर्ताहरुको ठुलै जमघट मधेस भवनमा देखिएको थियो । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ नेता राजेन्द्र महतो,शरद सिंह भण्डारी,अनिल झा ,प्रदेश सरकारका मन्त्रीहरु सहभागि थिए । त्यो भन्दा पनि बढि तत्कालिन राजपा नेपालका कार्यकर्ताहरुको बढि सहभागिता रहेको थियो । तर बाहिर शहिद परिवारका आफन्तहरु आफनो मांगहरु राखेर धनामा बसेका थिए । तर मधेस आन्दोलन र आफुलाई मधेसीको हितैसि ठान्ने नेताहरुले ती शहिद परिवारसंग कुरा गर्न समेत कुनै चासो दिएन । बरु प्रदेश सरकारले आयोजना गरेरको कार्यक्रममा गर्दन नै भरिने गरि माला लगाएर उपस्थिति भएका थिए । बाहिर शहिद परिवारका आफन्तहरु आफनो मांग राख्दै धर्ना र नाराबाजी गर्दै आएका थिए । शहिद परिवारका आफन्तहरुका अनुसार आफुहरुको मांगलाई लिएर धर्नामा बस्दा कुनै ठुलो नेता त आएन अरु बाहिर बसेर हास्दै हेरेर बसेका थिए । 
शहिद परिवारहरुले एक शहिद एक रोजगार कार्यक्रम अन्र्तगत प्रदेश नम्बर २ सरकारबाट निर्णय भए अनुसार शहिद परिवारको सदस्यहरुको शैक्षिक योग्यता,क्षमताका आधारमा कारार सेवामा नभएर स्थायि रुपमा जागिरको व्यवस्था गर्नुपर्ने,प्रदेश नम्बर २ को मधेस सरकारबाट दिइएको शहिद परिवारको जागिरलाई नेपाल सरकारको निजामति कर्मचारी ऐन सरह तलब भत्ता लगायतका अन्य सेवा  सुविधा प्रदान गर्नुपर्ने,मधेस आन्दोलन आन्दोलनको क्रममा सरकारले घोषणा नगरेको शहिदहरुलाइ शहिद घोषणा गरिनुपर्ने ,आन्दोलनको क्रममा ५० लाख रुपैया गरिएको घोषणा तत्कालन कार्यान्वयन गरिनुपर्ने लगायतका मांग गरेका छन । शहिद परिवारका आफन्तहरुले भने हामी धर्नामा बसेका छौ तर कुनै नेता र मधेसीहरुलाई हाम्रो मांग प्रति कुनै चासो छैन । प्रदेश सरकारले रोजगारी दिने नाउँमा अल्मल्याएको सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष रामनरेश राय यादवको आरोप छ ।
अध्यक्ष रायले भने, ‘प्रदेश सरकारले ५३ जना सहिद परिवारलाई गत वर्षको जेठ महिनामा नियुक्ति पत्र दिए पनि त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई अन्याय गरेको छ ।’
रायले नियुक्ति पत्र बमोजिम जागिर दिन सरकारसँग पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरुले गत मंसिर २७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयमा १४ बुँदे मागसहित ज्ञापन पत्र समेत बुझाएको बताए ।
कार्यक्रममा प्रदेश सरकारका अधिकाँंस मन्त्रीहरु अनुपस्थित रहेका थिए  । त्यसैगरि तत्कालिन समाजवादी पार्टीका नेताहरु समेत देखिएका थिएन  । पार्टी भित्र अहिले दुई लाइन बिचमा अन्र्तव्दन्द रहेको अवस्थामा यसका प्रभाव कार्यक्रममा समेत देखिएको छ । प्रदेश नम्बर २का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आफु बाहिर रहेको कारणले कार्यक्रममा उपस्थित नभएको बताए । उनले आफनो पक्षको अन्य नेताहरु उपस्थिति रहेको वा नरहेको विषयमा थाहा नभएको बताए । 

मधेस आन्दोलन प्रदेश सरकार शहिद परिवार

संम्बधित खबर

विशेष