News फोटो

देशको दृष्य

देशको दृष्य

१३ फोटोमा देशको दृष्य। फोटोः रासस

प्रधानमन्त्री ओलीको सम्बोधन– प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालित उच्चस्तरीय सुरक्षा सम्बन्धी तालिमको समापन समारोहलाई सम्बोधन गर्दै ।

 

निर्माणाधिन सिचाइँ नहर– कैलालीको चिसापानीमा निर्माणाधिन रानीजमरा कुलरीया सिचाइँ नहर । उक्त सिचाइँ नहर निर्माण सम्पन्न भएपछि कैलालीको पूर्वी क्षेत्रका कम्तिमा २५ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा पुग्ने छ ।

 

फूल बिक्रीका लागि तयार गरिँदै– चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुुलबारीमा गुलावको फूल बिक्रीका लागि तयार गर्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ । अहिले एक वटा फूलको होलसेलमा रु. १८ देखि रु २५ मा बिक्री हुने गरेको छ ।

 

फर्निचरमा रङ लगाउँदै युुवक– भक्तपुुरको लोकन्थलीमा काठको फर्निचरमा रङ लगाउँदै युुवक ।

 

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै– राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गरिँदै । काभ्रेपलाञ्चोक जिल्लामा फागुनदेखि सञ्चालन भईरहेको विवरण सङ्कलन अभियान अन्तर्गत तीन वटा पालिकामा पूर्ण रुपमा काम सम्पन्न भईसकेको र अन्य पालिकामा अभियान जारी छ ।

 

नियन्त्रणमा लिइएको चितुवा– तनहुँको व्यास नगरपालिका–५ स्थित शेराबाट नियन्त्रणमा लिइएको चितुवा । उक्त चितुवा डिभिजन वन कार्यालय तनहुँमा राखिएको छ ।

 

साबुन पानीले हात धुँदै विद्यार्थी– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७, खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय, मिल्चेका विद्यार्थी कक्षाकोठा प्रवेश गर्नु अघि साबुन पानीले हात धुँदै । 

 

सडक किनारामा दुबो लगाइँदै– कोटेश्वरदेखि कलङ्की सडक किनारामा दुुबो लगाउने अभियानअन्तरर्गत ललितपुुरको बालकुमारीमा दुुबो लगाइँदै ।

 

अफिमखेती नष्ट गरिँदै– नलगाड नगरपालिका– २ स्थित नहकुलीमा लगाएको अफिमखेती आइतबार नष्ट गर्दै प्रहरी । करीब ७१ रोपनी जग्गामा लगाएको अफिम नष्ट गरिएको छ ।

 

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो– काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको डे«स लगाएर ¥याम्पमा हिँड्दै मोडलहरु ।

 

कौरा नृत्य– तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यक्रममा कौरा नृत्य प्रस्तुत गदै घाँसीकुवाका युवती । कौरा नृत्य तनहुँमै प्रख्यात छ ।

 

व्यावसायिक गाई पालन– जिल्लाको बन्दिपुर गाउँपालिका–१ निवासी रबिन श्रेष्ठले व्यावसायिक रुपमा पाल्दै आउनुभएको गाई पालन । श्रेष्ठले गाई पालेर दैनिक ७० लिटर दूध बिक्री गर्दै आउनु भएको छ ।

 

बराह ताल– बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको बराह ताल । भकुण्डेमा बराह ताल, मुलावारी भ्युटावर र जिल्लाकै पहिलो घरबासले आन्तरिक र वाह्य पर्यटक तान्दै आएको छ  ।

विशेष