News

दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु


दोलखा
दोलखामा यात्रु बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने  १५ जना घाइते छन् । प्रदेश ३–०१–०२३–च–७५८० नम्बरको जिप सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको विगु गाउँपालिकातर्फ जाँदै गर्दा सोमबार राति करिब ११ बजे सिँगटीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् । चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए ।
जिप अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममाः एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।
 

दोलखा जिप दुर्घटना

विशेष