News अन्तरवार्ता भिडियो राजनीति

राष्ट्रवादी चरित्रका कारण ओलीलाई नै जनताले बहुमत दिएका हुन्ः नेतृ कुन्ता शर्मा [भिडियो अन्तरवार्ता]

राष्ट्रवादी चरित्रका कारण ओलीलाई नै जनताले बहुमत दिएका हुन्ः नेतृ कुन्ता शर्मा [भिडियो अन्तरवार्ता]

वामपन्थी नेतृ कुन्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकको शिर ठाडो भएको दावी गरेकी छिन । नेपालका कुनैपनि राष्ट्रप्रमुखले अहिलेसम्म कुरा गर्न नसकेको बताउदै उनले प्रधानमन्त्री केपी ओलीले मात्रै शिर ठाडो पारेर आफनो देशको हितका कुरा भारतसँग गरेको जिकिर गरिन ।


 
नेपाल आजसँग कुराकानी गर्दै ७० वर्षीय नेतृ शर्माले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको नेपालका राजनीतिक नक्साले सबै राष्ट्रवादी नेपालीको शिर उँचो भएको बताइन । भारतीय सेनालाई एकै चोटी ‘भाग’ भन्न नमिल्ने भन्दै उनले त्यसका लागि प्रक्रिया पुरा गर्नु पर्ने भएकाले नक्सा अनुसारको नेपाली भुम फिर्ताको विषयमा कुराकानी भईरहेको बताइन ।

‘नक्सा मात्रै पास गरेर समस्याको समाधान भयो त, नेपालले दावी गरेको भुमी कुन जिल्लामा हो, कुन वडा हो ? केही प्रष्ट छैन’ भन्ने जिज्ञासामा उनले भनिन–‘चुच्चे नक्साको विवाद पहिला देखिको नै हो। तर, अहिलेसम्म कसैले त्यसको वारेमा चासो राखेन। त्यसको वारेमा अरुले किन पहल नगरेको ? अव एकै पटक सेनालाई धपाएर हुदैन । त्यसलाई वार्ताको माध्यमबाट÷छलफलको माध्यमवाट सामाधान गर्नुपर्छ। वार्ता भईरहेको छ।’

वार्ताको माध्यमबाट नै भुमी फिर्ता हुने र त्यो नै एक मात्र विकल्प भएको वताएकी उनले भारत हाम्रो छिमेकी भएकाले सकेसम्म छलफलवाट समस्याको समाधान खोज्नु पर्ने धारणा ब्यक्त गरिन् । ओली भारत परस्त भएको आरोप लाग्ने गरेको विषयमा पनि उनले आफनो धारणा राखिन। ‘ओली भारत नेता होईन। उनी नेपालको प्रधानमन्त्री हुन र विपक्षीले यस्ता आरोप लगाउँछन्’ उनले भनिन्–‘भन्नेले त जे पनि भन्छन, प्रचण्ड–बाबुरामले जनयुद्ध गर्दा भारतले नै संरक्षण दिएको, तालिम पनि दिएको, देउवालाई भारतले प्रधानमन्त्री बनाएको, प्रचण्डलाई भारतले प्रधानमन्त्री बनाएको जस्ता आरोप पनि लागे। त्यसको पछाडि लाग्नु हुँदैन।’

राष्ट्रिय स्वभाभिमान केपी ओलीले देखाईरहेको र त्यो आफुलाई ठिक लागेको उनले बताइन । प्रधानमन्त्रीको राष्ट्रवादी चिन्तनले आफुहरुलाई मोहित बनाएको उनको भनाई छ। ‘उमेरका हिसावले अधिकांश वामपन्थी नेताहरु तपाईका भाई नै पर्ने र भाईहरुले झगडा गर्दा तपाईलाई कस्तो लाग्छ ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्–‘कुनैपनि व्यक्ति झगडा गर्नु राम्रो होइन। सुरु–सुरुमा मलाई महाभारतका कृष्ण पात्र फटाहा जस्तो लाग्थ्यो। उनले अर्जुनलाई साथ नदिएको भए महाभारत नै हुदैन थियो जस्तो लाग्थ्यो। पछि मैले पढदै जाँदा युद्धका लागि धेरै कारणहरु देखें। उहाँहरुको झगडा पनि पदको लागि नै हो जस्तो लाग्छ ।’

अहिलेको झगडा ब्यक्तिगत लाभका लागि नभई देश र जनताका लागि हुनुपर्नेमा उनले जोड गरिन। राजा महेन्द्रपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दृढ राष्ट्रवादी शक्तिको प्रदर्शन गरेको शर्माले बताइन । ओलीले नाकाबन्दीको समयमा देखाएको राष्ट्रवादी चरित्र÷चिन्तनको कारणले नै यस पटक वामपन्थी नेतृत्व त्यसमा पनि खास गरेर ओलीलाई सरकार चलाउनका लागि बहुमत प्राप्त भएको उनको भनाई छ। ओलीलाई पाँच वर्षसम्म काम गर्न दिनपुर्ने समयमा सत्ताको लागि मात्रै संर्घष सुरु भएको पनि उनको दावी छ।

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा सुनुवाई गर्दै अदालतलेसंसद पुनःस्थापनाका पक्षमा फैसला गर्दा खुसीयाली मनाउने र लड्डु खाने तर त्यही अदालतबाट भएको अर्को फैसलाले नेकपालाई दुई पार्टी वनाउँदा सेटिङ्गको कुरा गर्नु गलत भएको उनको भनाई छ ।

आफनो भावना अनुसार अदालतको फैसला आउँदा सेटिङ्ग नहुने तर आफनो भावना अनुसार नआउँदा सेटिङ्ग हुने चिन्तन गलत रहेको उनले बताइन । ‘सुरुमा सेटिङ्ग भयो भनेर उहाँहरु (प्रचण्ड–माधव पक्ष) आन्दोलनमा जानु भो। जब संसद पुनःस्थपना भयो त्यसपछि सवै कुरा सहि भयो’ उनले भनिन–‘आफु अनुकुल फैसला नआउँदा अहिले त्यहि अदालतले गरेको फैसलालाई सेटिङ्ग भन्नु त गलत होनी।’

‘नेकपालाई दुईटा पार्टीमा रुपान्तरण गर्ने गरी आएको फैसला गर्ने न्यायाधिस हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर हुन् भनेर आम मानिसहरु वताउँछन्। यस हिसावले हेर्दा ओली र न्यायाधिसको सम्वन्धमा आशंका गर्ने ठाउँ छ की ? भन्ने आशयको प्रश्नमा शर्माले भनिन्–‘न्यायसिध चोलेन्द्र शम्शेर प्रचण्डजीहरुले नियुक्ति गरेको मान्छे हो। त्यही चोलेन्द्रले पहिलो फैसला गर्दा लडडु खाने, दोश्रो फैसला गर्दा प्रतिगमन भयो भन्न थाल्नु भएको छ । यस्तो पनि हुन्छ र ?’


प्रधानमन्त्री ओलीले त पहिलो फैसला आउँदा पनि ‘म अदालतको फैसला मान्छु’ भनेको र दोश्रो फैसला आउँदा पनि अदालतको फैसला मान्ने र कार्यान्वयन गर्ने वताएको उनले स्मरण गराईन ।


ओलीले काम गर्ने वातावरण नै पाएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रैबाट असहयोग भएको उनले बताएन । काम गर्ने वातारण बनाउनुको साटो नियुक्तिमा भाग खोजेर ‘मेरो मान्छे मात्रै हुनु पर्छ’ भन्ने चिन्तन हावि भएको कारणले नै ओलीलाई समस्या भएको शर्माको भनाई छ । नेताहरुले ब्यक्तिगत लाभ खोज्ने र आफना मान्छेलाई जसरी पनि सत्तामा पुयाउने चिन्तनका कारण समस्या सृजना भएको उनको भनाई छ ।

७९ वर्षिय वामपन्थि नेतृ कुन्ता शर्मासँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले गरेको कुराकानी विस्तृतमा हेर्न तलको लिंकमा क्लिक गर्नु होला।

विशेष