प्रदेश नम्बर २मा कोरोनाको जोखिम बढियो,विरगन्जमा एक जना युवकको मृत्यु

प्रदेश नम्बर २मा कोरोनाको जोखिम बढियो,विरगन्जमा एक जना युवकको मृत्यु


जनकपुरधाम
प्रदेश २ मा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । प्रदेशको पाँच वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शुन्य पुगेपनि छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै यस प्रदेशमा समेत कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । प्रदेश नम्बर २का अधिकांस जिल्ला भारतसंग टासिउो कारणले भारतमा एक्कासी कोरोनाको दोश्रो लहर सुरु भएपछि यसको प्रभाव नेपालमा समेत देखिन थालिएको छ । भारतबाट सहज रुपमा नेपाल आउने जाने गरिएको सिमामा कडाई नगरिएको कारणले प्रदेश नम्बर २ मा कोरोना जोखिम फेरि बढन थालेको छ । बाराका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । ‘खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका रहेछन्, दुवै फोक्सोमा कोभिड निमोनिया थियो,’ डाक्टर सिंहले भने, ‘हाई फ्लो अक्सिजन दिँदासमेत ४० प्रतिशतभन्दा बढेन, ज्वरो पनि घटिरहेको थिएन, जति कोसिस गर्दा बचाउन सकिएन ।’
भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
एडभान्समा उपचारका क्रममा हेमो ग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले बताए ।
दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइबुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।
सोमबार प्रदेश २ को विभिन्न जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ८७ जनाको पिसिआर जाँच गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए । 
सोमबार धनुषामा १, महोत्तरीमा २, बारामा ५ र पर्सा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल यस प्रदेशमा १ सय ४० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
 

कोरोना कोरोना संक्रमित जनकपुरधाम

संम्बधित खबर

विशेष