News समाज

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

नयाँ वस पार्क स्थित ‘काठमाण्डौं भ्यू टावर’ निर्माणमा भएको ठिलासुस्तीका कारण यतिवेला काठमाण्डौंको ट्राफिक ब्यवस्थापनमा समस्या भईरहको छ। तर समस्याको कारण पहिचान गर्ने र त्यसको समाधान खोज्ने विषयमा ठोस पहल हुन सकेको छैन।

‘काठमाण्डौं भ्यू टावर’ निर्माणको जिम्मा जलेश्वर–स्वच्छन्द बिकोइले पाएको छ। जसका सञ्चालक हुन– मनोज भेटवाल। २०७२ साल कात्तिक २५ देखि निर्माण सुरु भएको टावर ३ वर्षभित्रै बनिसक्नुपर्ने थियो, तर निर्माणको कामले गति लिन नसक्दा बल्लबल्ल चौथो तला पुगेको छ । निर्माण काममा भएको ढिलाईकै कारण टावर समयमै नवन्ने र वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्थाले ट्राफिक ब्यवस्थापनमा समस्या ज्यूका त्युँ रहने देखिएको छ ।

स्थानीय तह निर्वाचन पुर्व जनप्रतिनिधि विहिन अवस्थामा काठमाडौमा भेटवालको जगजगी थियो । सेटिङ्गमा काम हात पार्ने र निम्न गुणस्तरको काम गरेर मोटो रकम कुम्ल्याउने ठेकेदारका रुपमा उनको नाम परिचित छ। सडक निर्माणको ठेक्कमा त झन भेटवालको नाम दङदङी गन्हाएको छ । खाल्टाखुल्टी र पानी जमेकै ठाउँमा पनि कालो पत्रे गर्ने र जसरी पनि काम देखाएर पैसा हात पार्ने प्रवृत्तिले उनलाई कहिलै छोडेको छैन । उनको काम गर्ने शैलीका विषयमा स्थानीयवासी भन्छन्–‘आज सडक कलोपत्रे गरिन्थ्यो र भोलि भत्किएको हुन्थ्यो। कर्मचारीको मिलोमतो हुने भएकाले भुक्तानीको पनि समस्या हुँदैनथ्यो। कामका लागि काम भन्दा  पनि वजेट सिद्याउने प्रपन्चका लागि मात्र काम हुने गरेको थियो।’

गुणस्तरहिन सडककै कारण कठमाण्डौँवासीले वर्षौसम्म धुलो, मैलो र खाल्टा–खुल्टीको कारणले दुःख पाए। यहि समय मनोज भेट्वालका लागि भने दशैं जस्तो भयो। उनले काठमाण्डौंवासीको दुःखसँग करोडौं रुपैयाँ साटे । स्थानीयवासी भन्छन्–‘ठेकेदार र सम्वन्धित कार्यालयका कर्मचारीले खाली पैसा मात्र हेरेका कारण अहिले काठमाण्डौंवासीले यो हण्डर खेप्नु पर्यो ।’ 

निर्वाचन पुर्व महानगरमा उनकै वोलवाला थियो । हरेक काम सेटिङ्गमा गर्ने वानी  परेका उनी सोहि समयमा काठमाण्डौंमा ठेकेदारको रुपमा उदायका हुन् ।

रिङरोड्को आकासे पुलमा पनि भेटवालले निकै ठुलो खेला गरेको जानकारहरु वताउँछन् । पहिला सेटिङमा पुल बनाएर पछि भत्काइएको उनीहरुको भनाई छ। त्यसवेला चीन सरकारको सहयोगमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनको बाटो बनाउने निश्चित भइसकेको थियो। कर्मचारीले भेट्वाललाई कमाइ खाने ठाउँ वनाउन कलंकीमा आकासे पुल बनाउने जिम्मा दिए । पुल लगभग वनिसकेपछि फेरी भत्काईएको जानकारहरु वताउँछन् ।

यसैगरी, काठमाण्डौं भ्यु टावर निर्माणको मौका पारेर खुल्ला मञ्च कब्जा गर्ने उनको षडयन्त्र थियो । खुल्ला मञ्चमा पक्की संरचना निर्माण गर्ने र भाडा बापत अरबौ अकुत सम्पत्ति जम्मा गर्ने उनको दाउ थियो । तर, अहिलेसम्म उनको यो योजना पुरा भएको छैन। तर, पछिल्लो समय देखिएको राज्य संयन्त्रको उदासिनताले उनैलाई वल पुर्याईरहेको विश्लेषण गर्नेहरु प्रसस्त छन् ।

०७२ सालमा महानगरमा रुद्रसिंह तामाङ्ग हँदा उनले जालझेल गरेरै काठमाडौं भ्यु टाबरको ठेक्का पनि हात पारेको बताइन्छ। तर तामाङ्गले भने मिलेमतोको विषयलाई अस्विकार गरे । त्यतिवेला ठेक्का प्रकृयामा सहभागि नभएकाहरुले यतिवेला मिलेमतोको कुरा गर्ने गरेको उनको भनाई छ। ‘त्यतिवेला वैधानीक रुपमा उनको मात्रै फाईल आयो होला, उनैले पाए’ तामाङ्ग भन्छन्–‘प्रकृयामा सहभागि नहुने अनि मिलेमताको कुरा गरेर हुन्छत।’ अहिले पनि महानगर भेटवाल प्रति उदार रहेको जानकारहरु वताउँछन्। उनलाई छुट दिएर महानगरले ट्राफिक ब्यबस्थापनमा खेलाची गरिरहेको उनीहरुको भनाई छ।

 

यति मात्र होईन, भेटवालले गर्ने हरेक काममा अख्तियार जोडिएर आउनु आफैमा आश्चर्यको विषय छ। उनका हरेक काममा अख्तियारमा उजुरी पर्ने गरेको छ। सोहि कारण जुनसुकै वेला फस्न सकिने डरले उनले सम्पत्ति समेत आफन्तको नाममा राख्ने गरेको बताइन्छ।

०७२ सालमा महानगरमा रुद्रसिंह तामाङ्ग हँदा उनले जालझेल गरेरै काठमाडौं भ्यु टाबरको ठेक्का पनि हात पारेको बताइन्छ। तर तामाङ्गले भने मिलेमतोको विषयलाई अस्विकार गरे । त्यतिवेला ठेक्का प्रकृयामा सहभागि नभएकाहरुले यतिवेला मिलेमतोको कुरा गर्ने गरेको उनको भनाई छ। ‘त्यतिवेला वैधानीक रुपमा उनको मात्रै फाईल आयो होला, उनैले पाए’ तामाङ्ग भन्छन्–‘प्रकृयामा सहभागि नहुने अनि मिलेमताको कुरा गरेर हुन्छत।’ अहिले पनि महानगर भेटवाल प्रति उदार रहेको जानकारहरु वताउँछन्। उनलाई छुट दिएर महानगरले ट्राफिक ब्यबस्थापनमा खेलाची गरिरहेको उनीहरुको भनाई छ।

लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको छ। खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । 

अहिलेकै अवस्थामा काठमाण्डौंमा ट्राफिक ब्यबस्थापन अस्तब्यस्त छ।  कोटेश्वर, कलंकी, बल्खुमा लामो जाम हुने गर्दछ। टुडिखेल, खुलामञ्च र रत्नपार्कमा गाडी घुमाइराखे सम्पुर्ण काठमाडौं थप अस्तब्यस्त हुने अवस्था जगजाहेर छ। 


बसपार्क सार्न विकल्प खोजिरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन । भेटवाल प्रेसर दिन नसकेकै कारण वस पार्क खाली गर्न नसकेको महानगर माथि आरोप छ ।

‘काठमाडौं भ्युटावर’मा चौंथो तलाको काम हुँदैछ । काम सुरु गराउँदा महानगरले टावरको तीन तला (बेसमेन्ट)को काम सक्नासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो । तर, अहिले भने महानगर र निर्माण कम्पनीले टावर तयार भएपछि मात्र बसपार्क सार्न सकिने बताइरहेका छन् 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले पनि रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी अब्यवहारीक भएको वताए । आपतकालिन रुपमा यस्तो तयारी गरिएको भनिए पनि सामान्य अवस्थामा यो सिस्टमले थप समस्या निम्त्याउने उनको भनाई छ। ‘जहाँ नेर पिक एण्ड ड्रपको कुरा ल्याईएको छ, त्यो टु लेनको सडक हो’ उनले भने–‘त्यसैपनि जाम हुने ठाउँमा पिक एण्ड ड्रपको कुरा लागु गर्ने हो भने ट्राफिक जाम थेगिनसक्नु हुन्छ। यात्रुलाई धपाई रहनु सम्भव हुँदैन, त्यसैले यो कुरा अलि अब्यवहारीक जस्तो नै लाग्छ।’ 

टाठ पल्टेका भेटबाल
अकुत सम्पत्तिका कारण मनोज भेटवाल व्यक्तिगत रुपमा सम्पन्न छन् । तर, उनको सम्पत्ति जुनसुकै अवस्थामा र जसरी पनि प्रयोग गर्न सक्ने अवस्थामा छैन। सम्पत्ति सुद्धिकरण र अख्तियारसँग उनलाई डर छ। त्यसैले उनी टाठ पल्टेका ठेकेदार मध्येका एक हुन । उनी सधैंभरी पैसा उठाउन आउने मान्छेले घेरिएका हुन्छन। चेक बाउन्सको केसमा उनी पटक–पटक थुनामा पुगेका छन् । 

काम गर्नेलाई पैसा नदिएर सधैं घेरिएर रहने गरेका भेटवालको ‘काठमाडौ भ्यु टावर’ वनाउने हैसियत भने नभएको उनका आसेपासेहरु नै वताउँछन् । सधैं विवादमा परिरहने, चेक वाउन्सको समस्या आईरहने र ब्यवहार राम्रो नभएका कारण बैंक तथा बित्तीय सस्थाले पनि उनलाई पत्याउनै छाडेको उनीहरुको भनाई छ । भेटवालसँग त्यत्रो ठूलो परियोजना बनाउने पैसा नै नभएको वताउनेहरु पनि छन् । तोकिएको समयमा परियोजना सम्पन्न हुन नसक्नुको एउटा प्रमुख कारण पनि यहि भएको उनीहरु वताउँछन् ।

यसैगरी, कामदारलाई शोषण गर्ने र पीडामा राखीरहने विषयमा पनि भेटवाल पहिलो नम्वरमा छन।  भारतीय पेटी कन्ट्याक्टरलाई डर त्रास र धम्कि दिएर भगाउने गरेको आरोप पनि उनी माथि लाग्ने गरेको छ। काठमाण्डौं भ्यु टावर निर्माणका क्रममा पनि सुरक्षाका मापदण्ड पूरा नगरेको तथा कमसल सामाग्री प्रयोग गरेको भन्दै आलोचना हुने गरेको छ ।

यस विषयमा जलेश्वर–स्वच्छन्द बिकोइका सञ्चालक मनोज भेटवालको प्रतिक्रिया भने लिन सकिएन। उनको मोवाईल स्विच अफ छ। काठमाण्डौं भ्यु टावरको प्रगतिको अवस्थाका विषयमा रिपोर्टिङ्ग गर्न पुगेका नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधव गुरागाईँलाई दुब्र्यवहार गरेपछि सोमवारदेखि नै उनको मोवाईल स्विच अफ छ। 

यो पनि

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

काठमाण्डौंमा ट्राफिक जाम मनोज भेटवाल काठमाण्डौं भ्यू टावर

विशेष