News

भैसीले घिसारेर ७० वर्षिया वृद्धाको मृत्यु

भैसीले घिसारेर ७० वर्षिया वृद्धाको मृत्यु

सप्तरीमा भैसी वाँधेको डोरीमा अल्झेर ७० वर्षिया वृद्धाको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका –३, महुवाकी ७० वर्षिया जयावतीदेवी मण्डलको यसरी मृत्यु भएको हो ।

खेतमा चराउन लाँदै गरेको भैसी एक्कासी उम्किएर भाग्ने क्रममा जयावतीको खुट्टा भैसी वाँधेको डोरीमा अल्झेको थियो । भैसी भाग्ने क्रममा डोरीसँगै घिस्रिएर उनको टाउको तथा शरिरका बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएकी थिईन ।

उनलाई तत्कालै उपचारका लागि स्थानिय मेडिकलमा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पताल लहान पठाईएको सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले वताए ।

विशेष