News

नयाँ वर्षमा टेलिकमको स्प्रिङ अफर, यस्ता छन् सुविधा 

नयाँ वर्षमा टेलिकमको स्प्रिङ अफर, यस्ता छन् सुविधा 

नेपाल टेलिकमले नयाँ वर्ष ०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु ०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छन् ।

यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो । मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ मा उपलब्ध गराइएको छ । 

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।  

जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
  
यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १ दशमलव ५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ । 

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ । 

नयाँ वर्षमा टेलिकमको स्प्रिङ अफर

विशेष