News स्वास्थ्य

कोरोनाको पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ देखि 

कोरोनाको पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ देखि 

सरकारले वैशाखमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन सुरु गर्ने भएको छ। पहिलो चरणमा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म खोपको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयको भाई छ। उनीहरुले पहिलो डोज गत माघ १४ देखि फागुन १० सम्म लगाएका थिए ।


दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ । 


सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो । 
 

कोरोनाको पहिलो डोज दोस्रो डोज वैशाख ७ देखि

विशेष