News अर्थ

नेकपाको खाताबाट गायब भएको ३० लाख भेटियो

नेकपाको खाताबाट गायब भएको ३० लाख भेटियो

तीन महिना अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदुर पश्चिमको खाताबाट गायब भएको ३० लाख रुपैयाँ फेला परेको छ ।

धनगढी स्थित कृषि विकास बैंकमा नेकपाको नाममा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट गायव भएको उक्त रकम तत्कालिन कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको सोही बैंकमा रहेको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा फेला परेको हो ।

पार्टीभित्र ओली पक्ष र प्रचण्ड–माधव पक्ष विवाद बढ्दै गएपछि खातामा रहेको ३८ लाख रुपैयाँ मध्ये ३० लाख रुपैयाँ गायव पारिएको थियो ।

पार्टी प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षरमध्ये कुनै दुई जनाको हस्ताक्षरले सञ्चालन हुने खातावाट पैसा गायव भएको थियो।

प्रदेश इन्चार्ज समेत रहेका नेता भिम रावलको निर्देशनमा रकम वेपत्ता पारिएको प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओली पक्षले आरोप लगाएको थियो । आरोप पुष्टि हुने गरी १३ पुसमा उक्त रकम सचिव चौधरी र कार्यालय सचिव सुवेदीको हस्ताक्षर प्रयोग गरी सुवेदीको खातामा सारेको पाईएको छ ।

उनीहरु दुवै जना प्रचण्ड–माधव पक्षका हुन भने अध्यक्ष थापा ओली पक्षका हुन। रकम झिकेको एसएमएस पार्टीका प्रदेश अध्यक्ष थापाले पाएपछि विवाद वढेको थियो । 

अध्यक्ष थापाले पार्टीको खाताको रहेको रकम कहाँ गयो भन्दै बैंकसँग जवाफ मागेका थिए । चैत २९ गते वैकले उनको जवाफ दिँदै बैंकले पार्टीको खाताबाट ३० लाख रुपैयाँ सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरिएको जानकारी पठाएको छ।

नेकपा सुदुर पश्चिम गायब भएको ३० लाख फेला

विशेष