News स्वास्थ्य

जेठ–असारमा दैनिक ११ हजार कोरोना संक्रमित हुने प्रक्षेपण, एक महिना विद्यालय बन्द गर्न सिफारिस

जेठ–असारमा दैनिक ११ हजार कोरोना संक्रमित हुने प्रक्षेपण, एक महिना विद्यालय बन्द गर्न सिफारिस

कोरोना संक्रमण वढ्दै गएपछि उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय वन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो । 

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको विश्लेषणसहित मन्त्रालयले यस्तो सिफारिस गरेको हो । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जनाईएको छ।

मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले वताए ।

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । 

विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । 

विशेष