News राशिफल

२०७८ वेशाख १ गते वुधवारको राशिफल

२०७८ वेशाख १ गते वुधवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक चिन्ता हट्ने छ। प्राकृतिक विपत्तिहरु हट्ने छन्। पढाई लेखाईमा रुची वढ्ने छ। आफन्तजनमा मेलमिलाप वढ्ने छ। स्वास्थ्यमा सुधार आउने छ। मान प्रतिष्ठा वढ्ने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
ब्यापार/ब्यवसायमा सोचे अनुसारको प्रतिफल नआउन सक्छ। आम्दानी भन्दा खर्च वढि हुने समय छ। आयश्रोतमा कमी आउने छ। सारिरीक समस्याका कारण खर्च वढ्ने छ। मित्रहरुसँग मनमोटाव हुने छ। झै झगडाको सम्भावना छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सत्रु पराजित हुनेछन् । आयश्रोतमा वृद्धी हुने छ, आर्थिक भार हट्ने छ। वैदेशिक यात्राको सम्भावना छ। शिक्षामा सुधारका संकेत देखिएका छन्, थप हौसला मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कामप्रति रुची वढ्ने छ। सामाजिक रुपमा मान प्रतिष्ठा वढ्ने छ। वैदेशीक यात्रा फलदायी हुने छ। पद प्रतिष्ठा वढ्ने छ। स्वास्थ्यमा सामान्य उतार चढाव देखिएको छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुने छ। परदेशको वास हुन सक्छ। राजनीतिमा सफलता पाईने छ। मान मर्यादा पाईने छ। धार्मीक काममा सहभागि हुनु पर्ने समय छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आयश्रोतमा वृद्धि हुने छ। सत्रु पराजय हुने छन् । प्राकृतिक विपत्ति टर्ने छ। ब्यापार ब्यवसायमा वृद्धि हुने छ। सामाजिक प्रतिष्ठा वढ्ने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
प्रेममा सफलता मिल्ने छ। न्यायिक क्षेत्रमा उच्च सम्मान होला। आयश्रोतमा वृद्धि हुने छ। राजनीतिक सफलता मिल्ने छ। मित्रहरुवाट भरपुर सहयोग पाईने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विरोधीहरुवाट मान सम्मानमा ठेस पुग्ने छ। आकस्मिक यात्रा हुने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ। आफन्तजन र परिवारवाट साथ सहयोग पाईने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सन्तान प्राप्तीको योग छ। आफनो विचारद्वारा अरुलाई प्रभावमा पार्न सकिने छ। मेसिनरी वस्तुको ब्यापारवाट लाभ लिन सकिने छ। वैदेशिक यात्राको सम्भावना छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भुमी जोड्ने योग छ। राजनीतिमा सामान्य अविश्वासको वातावरण वन्न सक्छ। जल यात्राको सम्भावना छ। शिक्षा सामान्य रहला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साहसिक कामले प्रसंशा वढ्ने छ। सामाजिक काममा प्रतिष्ठा वढ्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने सामान्य उतार चढाव देखिएको छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सञ्चित धन वृद्धि हुनेछ। राजनीतिमा नेतृत्व गर्ने अवसर प्राप्त हुने छ र प्रतिष्ठा वढ्ने छ। वैदेशीक यात्रा फलदायी हुनेछ। शिक्षा सामान्य रहने छ। खानपानमा ध्यान दिनु होला।

– शेषराज पराजुली

विशेष