News

नहरमा डुवेर दुई स्कुले वालकको मृत्यु

नहरमा डुवेर दुई स्कुले वालकको मृत्यु

सुनसरीको इटहरीमा मंगलवार दुई जना स्कुले वालकको डुवेर मृत्यु भएको छ ।

नहरमा नुहाउन गएका इटहरी– १४ मा स्थित सुनसरी–मोरङ सिचाइँ आयोजनाको नहरमा डुवेर इटहरी– ७ का १७ वर्षिय सायल चौधरी र वडा नं. ५ का १४ वर्षिय आयूस भूर्तेलको मृत्यु भएको हो।

मृतक दुवै जना इटहरी–५ स्थित सेक्रेट हार्ड बोडिङ स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।  

उनीहरु साँझ करिव साढे ५ बजे डुबेका नहरमा डुवेका थिए । खोजतलासका क्रममा राति १० बजे उनीहरुको सव फेला परेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

नहरमा नुहाउन गएका बेला सायल डुबेपछि आयूसले बचाउन खोज्दा दुवै जना डुवेका थिए । उनीहरु आठ जना साथी मिलेर नुहाउन गएको जनाईएको छ ।

विशेष