News राजनीति

प्रचण्डलाई ओलीको प्रश्न– अझै पनि तिम्रो कुरा बिक्छ भन्ठानेका छौ ?

प्रचण्डलाई ओलीको प्रश्न– अझै पनि तिम्रो कुरा बिक्छ भन्ठानेका छौ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘अहिलेसम्म त ठग्यौ, ठग्यौ। अझै पनि तिम्रो कुरा बिक्छ भन्ठानेका छौ ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै ओलीले यस्तो प्रश्न गरेका हुन । प्रचण्डले आन्दोलन ध्वस्त गरेर सरकार ढाल्नका लागि नेपाली कांग्रेससँग सम्झौता गरेको ओलीले वताए । ‘जनता ठग्नेको’नि हद हुन्छ नि । अहिलेसम्म त ठगे, ठगे । अझै पनि तिम्रो कुरा बिक्छ भन्ठानेका छौ ?’ उनको प्रश्न छ–‘अझै पनि जनताले पत्याउँछन् भन्ठानेका छौ ?’

प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप पनि लगाए।

‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ। के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन्’– उनले भने।


लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएकाले प्रतिगमनको हुईँया चलाएको वताए । ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’– उनले प्रश्न गरे।

सुदृढ बहुमतको सरकार उत्पात मच्चाएर ढाल्न खोजेको आरोप पनि लगाए । सरकार कब्जा गर्न नसकेपछि प्रतिगमन भयो भनेर हिँडेको आरोप उनको थियो ।

ओलीले भने– ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी । आफ्नै बहुमतको, सुदृढ बहुमतको सरकार उत्पात मच्चाएर ढाल्ने ? कब्जा गर्न हिँड्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो ?’

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पनि तिम्रो कुरा बिक्छ ?

विशेष