News

स्वर्गद्वारी दुर्घटनाका ६ जना घाईतेलाई उपचारका लागि काठमाण्डौं ल्याईयो

स्वर्गद्वारी दुर्घटनाका ६ जना घाईतेलाई उपचारका लागि काठमाण्डौं ल्याईयो

प्युठानको स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । 

नेपाली सनेको हेलिकप्टरमार्फत उनीहरुलाई काठमाण्डौ ल्याइएको हो। सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गीता मुखिया, अनिश मुखिया र सन्दीप परियारलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बाँकी पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जीप बुधवार दिउँसो रुमाले भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको छ । 

९ जना कर्मचारीसहित १६ जना सवार रहेको जीप बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाईएको छ। 

विशेष