News

प्रदेश नम्बर २ मा एकै दिनमा ३१ जना संक्रमित

प्रदेश नम्बर २ मा एकै दिनमा ३१ जना संक्रमित


जनकपुर
प्रदेश नम्बर २ मा एक दिनमा ३१ जना कोरोना संक्रमित भएका छन । प्रदेश नम्बर २ का स्वास्थय निर्देशनालय दिएको जानकारी अनुसार धनुषामा २ जना पुरुष , महोत्तरीमा १ जना महिला र ३ जना पुरुष गरि तिन जना , रौतहटमा १ जना पुरुष ,बारामा २ जना पुरुष,पर्सामा ८ जना महिला र १५ जना पुरुष संक्रमित भएका छन । यस संगै प्रदेश नम्बर २ मा संक्रिया संक्रमितको संख्या १९२ पुगेको छ । जसमा १३० जना पुरुष र ६२ जना महिला रहेको निर्देशानयले जनाकारी दिएको छ । जस मध्ये २ जना आईसोलेसनमा रहेका छन । हाल सम्म प्रदेश नम्बर २ मा मृत्यु हुनेको संख्या २१२ जना रहेको छ । वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको छ । ‘सुरुमा १ छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरिएको छ, संक्रमितको संख्या अझै बढन पनि सक्छ ।’डा. दासका अनुसार, जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो । बुधबार सार्वजनिक बिदा रहेकाले अस्पतालको प्रयोगशाला बन्द रहेको छ ।
 

प्रदेश नम्बर २ कोरोना संक्रमित

विशेष