News अपराध सुरक्षा

पत्रकार गुरागाईँमाथि भएको आक्रमणप्रति पत्रकार महासंघ र प्रेस युनियनद्वारा भर्त्सना

पत्रकार गुरागाईँमाथि भएको आक्रमणप्रति पत्रकार महासंघ र प्रेस युनियनद्वारा भर्त्सना

समाचार संकलनका क्रममा नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँलाई ठेकेदार मनोज भेटवालसहितका टोलीले आक्रमण गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका सचिव प्रकाश थापाले प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। चैत्र ३० गते काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको प्रगति विवरण लगायतका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार गुरागाईंलाई ठकेदार भेटवालसहित उनका दाजु भैरव भेटवाल, सुपरभाइजर ज्ञानबहादुर रायले आक्रमण गरी सञ्चार सामग्रीसमेत तोडफोड गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

‘सार्वजनिक प्रयोजनका लागि निर्माण हुन लागेको टावर निर्माणको विषयमा नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका सञ्चारकर्मीमाथि आक्रमण गर्नु, धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो’ सचिव थापाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ–‘महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यसैगरी, नेपाल प्रेस युनियनले पनि उक्त घट्नाको भत्र्सना गरेको छ । महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा ठेकेदारको टोलीले पत्रकारमाथि भौतिक आक्रमण गरी सञ्चार सामग्री तोडफोड गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

‘रिर्पोटिङ गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरि सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरिएकोप्रति युनियन खेद प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘ठेकेदार मनोज भेटवालका सुपरभाईजर ज्ञान वहादुर रायले गुरागाईँलाई ज्यान मार्ने धम्की समेत दिएको घटनाले युनियनलाई थप आक्रोशित बनाएको छ ।’ 

आम नागरिकका चासोका बिषयमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने संचारकर्मीहरु कसरी प्रताडित छन् भन्ने यो घटनाले देखाएको जनाउँदै संचारकर्मी गुरागाईँमाथि आक्रमण गरि संचारसामग्री तोडफोड गर्ने मनोज भेटवाल सहितका दोषीहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन युनियनले काठमाडौंको स्थानिय प्रसासन र प्रहरीको ध्यानाकर्षण गराएको छ।

साथै श्रमजिवी पत्रकारको क्षती गरिएका सञ्चार उपकरणको उचित क्षतिपूर्ती दिलाउन माग गर्दै सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत युनियन सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।

आफ्नो माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । विज्ञप्तिमा भनिएको छ–‘पत्रकारमाथि भएको यस्तो आपराधिक घट्नामा संलग्नलाई प्रशासनिक कारवाही गरि क्षतिपूर्तीको ब्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी समेत यसै विज्ञप्ती मार्फत दिन चाहन्छ ।’

यो पनि

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

नेपाल पत्रकार महासंघ नेपाल प्रेस युनियन पत्रकार गुरागाईँमाथि आक्रमण भर्त्सना

विशेष