News

वनमन्त्री आले भन्छन्– अव गोसाईकुण्ड जाने केबलकार निर्माण गरिन्छ

वनमन्त्री आले भन्छन्– अव गोसाईकुण्ड जाने केबलकार निर्माण गरिन्छ

वनमन्त्री प्रेम बहादुर आलेले गोसाईकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

धुन्चेमा बुधबार आयोजित भलिबल तथा फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले गोसाँईकुण्डमा निर्माण हुने केबलकारले आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि भई हुने उल्लेख गरे।
 
केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ । धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी ११ किलोमिटर रहने र दुई वटा स्टेशन तथा २८ वटा टावर राख्ने प्रस्ताव गरिएको गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ।

केवलकारमा ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । 

विशेष