News

सेल्फि मोहले डुङ्गा डुब्यो, यात्रुको सकुसल उद्धार

सेल्फि मोहले डुङ्गा डुब्यो, यात्रुको सकुसल उद्धार

सेल्फि खिच्ने मोहका कारण सल्यानमा डुङ्गा दुर्घटनामा परेको छ । सल्यानको प्रमुख पर्यटकीय स्थल कुभिण्डे दहमा डुङ्गा दुर्घटनामा परेको हो ।

डुंङ्गा डुवे पनि त्यसमा सवार सातै जनालाई सकुसल उद्धार गरिएको छ। अन्य डुंगा सवार व्यक्तिले उनीहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

बनगाड कुभिण्डे नगरपालिका ८ स्थित कुभिण्डे तालमा नयाँ वर्ष मनाउन गएका सात जना सवार डुंगा तालमा डुवेको थियो । किनारबाट दुइ सय मिटर भित्र पुगेपछि डुङ्गा डुवेको जनाईएको छ ।

डुंगामा प्वाल परेकाले डुंगा डुबेको प्रहरीको भनाई छ । तर प्रत्यक्षदर्शीले भने डुंगा जथाभावी सेल्फि खिच्ने हतारोले भार थेग्न नसकी डुङ्गा डुवेको जनाएका छन् । फोटो र भिडियो खिचिरहेको समयमा एकातर्फ भार वढि भई डुङ्गा डुवेको उनीहरुले वताए । 
 

विशेष