खानेपानीले स्थानीयमा खुशी

खानेपानीले स्थानीयमा खुशी

सिरहा
वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने वाध्यता रहँदै आएको सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका वडा नं. १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन् ।
धनगढीमाई नगरपालिका र लिवर्ट संस्था एवम् स्थानीयको साझेदारीमा निर्माण सम्पन्न भएको अम्बास सिंचाई तथा खानेपानी जल उपभोक्ता समितिको विधिवत् रुपमा उद्घाटन भई घरघरमै जडित खानेपानीको धारामा पानी आएपछि स्थानीयहरु हर्षित् भएका हुन् ।
खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गरे । खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्नुहुँदै नगरप्रमुख चौधरीले दिर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको जनाए । 
भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख अस्सी हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै पन्द्रह लाख ८८ हजार ६५५ रुपैयाको त्रीपक्षीय लगानीमा उक्त खानेपानी योजनाको काम सम्पन्न भएका हुन् । निर्माण कार्य सम्पन्न गर्न ५ महिना समयावधि दिएपछि स्थानीयको लगनशीलताको कारण दुई महिना २० दिनमै उक्त आयोजना सम्पन्न भएका हुन् ।१४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै  जडिते धाराबाट खानेपानी उपलब्ध हुनेछ । 
त्यसबेला स्थानीयले खानेपानी घर घरमै ल्याई पुर्याइदिएको भन्दै नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फुलकुमारी श्रेष्ठ, ईन्जिनियर रामानन्द चौधरी, लिवर्ड संस्थाका प्रतिनिधि लगायतलाई सम्मान गरेका थिए । 

सिरहा खानेपानी उत्तरवर्ती क्षेत्र

संम्बधित खबर

विशेष