विदेश

अखिलेस यादव कोरोना संक्रमित,योगि आइसोलेशनमा

अखिलेस यादव कोरोना संक्रमित,योगि आइसोलेशनमा


दिल्ली
उत्तर प्रदेशका पूर्व मुख्यमंत्री तथा समाजवादी पार्टी नेता अखिलेश यादव कोरोना संक्रमित भएका छन । उनले ट्वीट गरेर जानकारी दिएका छन कि उनी कोरोनाबाट संक्रमित भए ।
उनले लेखे, “कोरोना परीक्षण रिपोर्ट भर्खर पोजेटिभ आएको छ । मैले आफूलाई अलग गरेको छु र उपचार घरमै सुरु भएको छ ।
अखिलेश यादवले उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई उनको कोविड टेस्ट गराउन अनुरोध गरेका छन् । मंगलबार अखिलेश यादवले ट्वीटको माध्यमबाट उत्तर प्रदेशको बीजेपी सरकारलाई प्रश्न समेत गरेका छन । 
उनले लेखेका छन, “यूपीमा कोरोनामा भएको हल्लाले गर्दा भाजपा सरकारले उत्तर दिनै पर्छ किन उनले कोरोना नियन्त्रणको लागि झूट बोलेको छ । भ्याक्सिन, टेस्ट, डाक्टर, ओछ्यान, एम्बुलेन्सको अभाव; परीक्षण रिपोर्टमा भएको ढिलाइ र औषधीको कालो बजारमा किन भाजपा सरकार मौन छ? स्टार अभियानकर्ताहरू कहाँ छन ?
यता उत्तर प्रदेशका मुख्यमंत्री आदित्यनाथ योगी पनि आईसोभलेसनमा छन ।
उनले ट्वीट गरेर यसको बारेमा जानकारी पनि दिए । उनले लेखे, “मेरो अफिसका केही अफिसरहरू कोरोनाले संक्रमित भएका छन् । यी अधिकारीहरू मसँग सम्पर्कमा थिए त्यसैले सावधानीको रूपमा मैले आफूलाई अलग गरें । 
मंगलबार आयोजित राज्यस्तरीय बैठकमा राज्यका मुख्यमन्त्री आदित्यनाथ योगीले भनेका थिए कि कोरोनाको दोस्रो छाल पहिलो छालको भन्दा धेरै छिटो छ । यो कारण यो छ कि मृत्युको दर पनि यस पटक पहिले भन्दा बढी छ ।
 

कोरोना संक्रमित अखिलेश यादव आदित्यनाथ योगी

विशेष