News

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपालीहरुलाई नयाँवर्षको शुभकामना

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपालीहरुलाई नयाँवर्षको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालीहरुलाई नयाँवर्षको शुभकामना दिएका छन् ।
ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवत २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँवर्षको लागि शुभेच्छा व्यक्त गरेका हुन् ।


राष्ट्रपतिले सबैको परिवारमा समृद्धि र उज्यालोको कामना पनि गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि बिक्रम सम्बत नयाँ बर्ष मनाइरहेका छन् भने भारतीय लगायत दक्षिण एसियाका अन्य हिन्दु समुदायले बैशाखी मनाएका छन् । 
 

विशेष