News

जीप दुर्घटनामा प्रशासकिय अधिकृतसहित तीन जनाको मृत्यु

जीप दुर्घटनामा प्रशासकिय अधिकृतसहित तीन जनाको मृत्यु

प्यूठानको स्वर्गद्धारी नगरपालिका १ रुमालेमा वुधवार जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजनाको मृत्यु भएको हो । दुईजनाको पहिचान खुलेको छैन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका–३ रूमालेमा दुर्घटना भएको थियो। जिप सडकदेखि करिब १५० मिटर तल खसेको स्थानीयले जनाएका छन्।

जिपमा जिल्ला प्रशासन कार्यालयका ९ जना कर्मचारी र उनका परिवारसहित १४ जना रहेको कार्यालयले जनाएको छ। गाडिमा सवार ११ जना घाइते भएका छन् । उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ।

घाइतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ ।

विशेष