News अपराध सुरक्षा

आफनै वावुको कुटेर हत्या, छोरो पक्राउ

आफनै वावुको कुटेर हत्या, छोरो पक्राउ

आफनै वावुको हत्या गरेको आरोपमा मोरङ्गको विराटनगरवाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ्गको विराटनगर महानगरपालिका–५ निवासी अजय साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामान्य घरायसी विवादमा अजयले ६५ वर्षिय बुबा काले साहमाथि निर्घात कुटपिट गरेका थिए । चैत २६ गते भएको कुटपिटबाट घाइते भएका कालेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईको छ।

बुवालाई कुटपिट गरेर फरार रहेका अजयलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

यसअघि गत आईतवार पनि विराटनगरमा यस्तै प्रकृतिको घटना भएको थियो । विराटनगर–८ मा छोराको कुटपिटबाट ५४ वर्षीय विको सहनीको मृत्यु भएको थियो ।

मदिरा पसल चलाइरहेका सहनीलाई उनका माइला छोरा रवीले कुटपिट गरी घाइते बनाएका थिए । कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । रवी फरार छन् । 

आफनै वावुको हत्या मोरङ्गको विराटनगर अजय साह पक्राउ

विशेष