News

स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

प्युठानको स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो । अन्य ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने,  खरिदार धुर्कोट गाउँपालिका ७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट ३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी छन्।

दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

नयाँ वर्षको बिदा मनाउन स्वर्गद्वारी जाँदै गर्दा उक्त गाडी प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीको भनाई छ। गाडिमा ९ जना कर्मचारी र उनीहरुका परिवारसहित १४ जना रहेको जनाईएको छ।

विशेष