News

दुर्घटनामा ४ कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा ५ दिन बन्द

दुर्घटनामा ४ कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा ५ दिन बन्द

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत चार जना कर्मचारीको बुधबार दुर्घटनामा परी मृत्यु भएपछि शोक मनाउन कार्यालयको सेवा पाँच दिन बन्द गरिएको छ।

६ वैशाखसम्म शान्ति सुरक्षा र मुद्दाबाहेक अरू काम बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

नयाँ वर्ष मनाउन तम्घासबाट प्यूठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप स्वर्गद्वारीनजिकै रुपमालेमा दुर्घटनामा परेका थियो। दुर्घटनामा कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, खरिदार यमलाल पन्थी, कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वरी भण्डारीको मृत्यु भएको थियो ।

त्यस्तै, जीप चालक गुल्मीको मुसीकोट नगरपालिका– ३ का केशव कार्कीको पनि ज्यान गएको थियो । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार भइरहेको छ ।

मृतक चार जनाकै श्रद्धाञ्जलीसभा गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय दुर्घटनामा ४ कर्मचारीको मृत्यु सेवा ५ दिन बन्द

विशेष