News

कोरोनाका कारण नेपालगञ्जका विद्यालय एक साताका लागि बन्द

कोरोनाका कारण नेपालगञ्जका विद्यालय एक साताका लागि बन्द

पुनः कोरोना संक्रमितको संख्या थपिन थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सवै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्नका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लाने निर्णय पनि गरेको छ। 

बाँकेमा बुधवार मात्रै एकैदिन १२३ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो एक सातामा ३ सय ६६ जना संक्रमित थपिएपछि नेपालगञ्जमा विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको थियो।

बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।

विशेष