News स्वास्थ्य

कोरोना भएका आधारमा रेफर गरेर दुःख नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना भएका आधारमा रेफर गरेर दुःख नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण पुष्टि भएको आधारमा सर्वसाधारणलाई अन्य अस्पतालमा रेफर गरेर अनावश्यक दुःख नदिन आग्रह गरेको छ। 

विहिवार एक सूचना जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले यस्तो आग्रह गरेका हुन । सुचनामा कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउन सबै सरकारी अस्पतलालाई निर्देशन दिएको छ । 

काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लाको सूचीमा राख्दै उच्च सतर्कता अपनाउन र १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ । बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको भएपनि विद्यालय, रात्रिकालिन व्यवसाय, खेलकुद, सार्वजनिक पूजाआजा तथा जात्राहरुलगायत स्थलमा सहभागी नभइदिन डा.अधिकारीले आग्रह गरे।

कोरोना संक्रमण बढ्दै गएको र विशेषत बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि अधिकारीले आग्रह गरेका छन्।

सरकारले कोरोना संक्रमितको उपचार खर्च तोकेको छ । निजी प्रयोगशाला तथा अस्पतालले कोभिडको परीक्षणका लागि २ हजार तथा औषधिबाहेक कोरोनाका सामान्य बिरामीलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत थप भन्दा नबढ्ने गरी उपचार गर्नुपर्ने मन्त्रालयको आग्रह छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ भएको आधारमा दुःख अन्य अस्पतालमा रेफर

विशेष