News राशिफल

२०७८ वैशाख २ गते विहिवारको राशिफल

२०७८ वैशाख २ गते विहिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वोलीको प्रभाव वढ्ने छ। काममा सफलता मिल्ने छ। वैदेशीक यात्रा फलदायी रहने छ। पैत्रिक सम्पत्ति प्राप्त हुने छ। स्वास्थ्य सामान्य रहला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
समस्याहरु समाधान हुनेछन्। राजनीतिक सफलता मिल्ने छ, तर संयमित हुनु पर्ने समय छ। खानपिनको कारणले स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा सामान्य रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आजको दिन खर्चिलो हुनेछ। आम्दानी भन्दा खर्च वढि हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। मानसिक चिन्ता वढ्ने छ। शिक्षामा निरासा जाग्ने छ। विश्वासघाट हुने सम्भावना छ। प्रतिष्ठामा प्रभाव पर्ने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सहयोगी भावना जाग्ने छ। आन्दानी वढ्नाले मनमा सन्तुष्टि हुने छ। सवारी साधनमा रुची वढ्ने छ। मानसम्मान पाईने छ। वैदेशीक यात्राको अवसर पनि मिल्न सक्छ। स्वास्थ्य सामान्य रहला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
राम्रो कामका कारण प्रशंसा पाईने छ। राजकिय काममा सफलता मिल्नाले उत्साह थपिने छ। वैदेशिक यात्रा फलदायी हुने छ। शिक्षा सामान्य छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आयश्रोत घट्ने छ। पेटको समस्याले खर्च र चिन्ता वढ्ने छ। सामाजिक काममा वाधा÷अपजस खेप्नु पर्ला । शिक्षामा पनि निराशा नै देखिएको छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मान सम्मान प्राप्त हुने छ। वैदेशीक यात्राको अवसर प्राप्त होला। शिक्षामा सफलता पाईने र थप उत्साह जाग्ने छ। सामाजिक क्षेत्रको काममा सफल भईने छ। सवारी साधनमा सतर्क हुनु पर्ने समय छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ नोकरी लाग्ने योग छ। स्वभावमा पनि परिवर्तन आउने देखिएको छ। शिक्षामा सफलता मिल्ने छ। प्रियजनसँग भेटघाट हुने छ। स्वास्थ्य सामान्य रहला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सत्रुहरु पराजित हुनेछन्। सामाजिक काममा सहभागि हुने अवसर पाईने छ। अहमता त्याग्नु पर्ने छ। शिक्षा क्षेत्र सामान्य छ। अज्ञात रोगहरु निको हुनेछन् ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कठिन परिश्रमले सफलता मिल्ने छ। आफनो उत्पादनको उचित मुल्य पाईने छ। धार्मिक काममा सहभागि हुनु पर्ला। शैक्षिक क्षेत्रमा उन्नती हुने छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आजको दिन सामान्य छ। कृषिजन्य सामाग्रीको ब्यापारवाट लाभ प्राप्त होला। भाईवहिनीको साथ सहयोग पाईने छ। वैदेशिक यात्राको अवसर मिल्न सक्छ। शिक्षा सामान्य रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
वैदेशीक यात्रा सफल हुनेछ। राजकिय सम्मान प्राप्त होला। अकस्मिक रुपमा धन प्राप्त हुनेछ। मित्रहरुसँगको भेटले आनन्द प्राप्त हुने छ। शिक्षामा मनोवल वढ्ने छ।

– शेषराज पराजुली
 

राशिफल

विशेष