News

ज्ञानेन्द्र शाहीको चेतावनी– सञ्चारकर्मी गुरागाईँ माथि आक्रमण गर्नेलाई कारवाही गर

ज्ञानेन्द्र शाहीको चेतावनी– सञ्चारकर्मी गुरागाईँ माथि आक्रमण गर्नेलाई कारवाही गर

समाचार संकलनका क्रममा नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँलाई ठेकेदार मनोज भेटवालसहितको टोलीले आक्रमण गरी ज्यान मार्ने धम्की दिएको घटनाको हाम्रो नेपाल हामी नेपाली अभियानले विरोध गरेको छ।

अभियानका संयोजक ज्ञानेन्द्र शाहीले विहिवार प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। चैत्र ३० गते काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको प्रगति विवरण लगायतका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार गुरागाईंलाई ठेकेदार भेटवालसहित उनका दाजु भैरव भेटवाल, सुपरभाइजर ज्ञानबहादुर रायले आक्रमण गरी सञ्चार सामग्रीसमेत तोडफोड गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

‘सार्वजनिक प्रयोजनका लागि निर्माण हुन लागेको टावर निर्माणको विषयमा नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका सञ्चारकर्मीमाथि आक्रमण गर्नु, धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो’ संयोजक शाहीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ–‘अभियान प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

अन्यथा अभियानले थप कदम चाल्न वाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिएको छ।

ज्ञानेन्द्र शाहीको चेतावनी सञ्चारकर्मी गुरागाईँ माथि आक्रमण कारवाही गर

विशेष