तराई मधेसमा जूडशितल पर्व मनाइदै

तराई मधेसमा जूडशितल पर्व मनाइदै


जनकपुरधाम
तराई–मधेसका जिल्लामा बिहिवार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ ।    
सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्धेश्य रहेको छ । जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन । यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद दिन्छन् । नयाँ वर्षको सुरुवात भएको भोलिपल्ट मनाइने जुडशीतलमा एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेठा व्यक्तिले सानालाई वर्षभरि सुख, समृद्धि, शान्ति, दिर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित शिरमा पानी छर्किंदै आशीर्वाद दिने चलन रहेको छ।
देशभरि वैशाख १ गतेबाट नयाँ वर्षको शुरू हुन्छ तर वैशाखको चर्को घामबाट तातेको वातावरण र शरीरमा शीतलताका लागि टाउकोमा पानी छर्कने जुडशीतल पर्वदेखि मिथिलाञ्चल क्षेत्रमा नयाँ वर्षको स्वागत गर्ने परम्परा रहँदै आएको छ। यसैदिन आँपसहित विभिन्न वनस्पतिलाई समेत शीतलता प्रदान गर्न जरामा पानी हाल्ने गरिन्छ।
जुडशीतलको एक दिनअघि पकाएको बासी भात र सोइजनको तरकारीसहितका परिकार घरको चौकस, मुख्यद्वारसहित चुल्होमा देवतालाई चढाउने र सो दिन बिहान चुल्होलाई विश्राम दिने परम्परा पनि छ । अहिले भने यो परम्परा ग्रामीण भेगमा मात्र सीमित भएको छ। सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो। नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन्।
 

तराई–मधेस जुडशीतल पर्व

संम्बधित खबर

विशेष