News

एतिहासिक ढुगें धारा संरक्षण विहिन बन्दै

एतिहासिक ढुगें धारा संरक्षण विहिन बन्दै


पाल्पा
प्राचीन शहरहरु मध्ये पाल्पाको तानसेन नगरमा नगरवासी र नगरमा भित्रिने बटुवाको पानीको प्यास मेटाउने उदेश्यले ढुगेंधाराहरु निर्माण भएका छन । नगर भित्रका दर्जनौ ठाउमा निर्मित यस्ता ढुगें धाराको मुहान पानीको स्रोत भएको ठाउमा सिमेन्टको प्रयोग पक्की सडक ढलान गरि सडक निर्माण गरिनु पानीको स्रोतमाथिबाट जथाभावी रुपमा डोजरको प्रयोगको कारण पानीको स्रोत बन्द हुदा प्राचीन सम्पदाको अस्तीत्व नै संकटमा परेको हो । स्थानिय त्रिरत्न शाक्यले स्रोत नै सुक्न थालेपछि यस्तो समस्या आएको बताए । उनले संरक्षणको आभावको कारणले समेत प्राचीन ईतिहासको साक्षी रहेको यस्ता ढुगेंधाराहरु सुन्क थालेको बताए । स्थानिय प्रेम मल्लले स्थानियवासीहरुको लागि नै यस्ता सम्पदाहरु गौरव रहेको तर दुखका साथ भन्नुपर्ने अवस्था छ हामीले यस्ता सम्पदाहरुको संरक्षणमा चासो देखाउन सकेका छैनौ । उनका अनुसार स्थानिय निकायले समेत यसको संरक्षणको लागि पहल गर्नुपर्ने आवश्यता रहेको छ । 
पुरानो शहर तानसेन व्यापारीक केन्द्र पनि भएकाले खानेपानीको दिगो व्यवस्थापन प्रणाली सुरु हुनु अगाडि ढुगेंधारा नै खानेपानीको स्रोत भएपनि पछिल्लो समयमा बढदो जनसंख्या र जनघनत्वका कारण यस्तो प्राचीन सम्पदा अतिक्रमण गरि भवन निर्माण कार्य तिव्र रुपमा भएकाले पुरातात्वि सम्पदाको अस्तित्व थप जोखिममा परेको हो  ।तानसेन नगरपालिकाका सुचना अधिकारी दुर्गा थापाले ढुगेंधाराको आफनो महत्व रहेको कारणले यसको संरक्षणको लागि नगरपालिकाले विशेष अभियानको थाल्नी गरेको बताए । 
विकासको नाउमा विनासै गरि गरिएको विकासले तानसेन नगरले प्रतिदिन आफनो मौलिकतासंगै आफनो पहिचान समेत गुमाउदै गएको छ । नगर भित्रका सडक मल्लकालिन समय देखि नै ढुंगा छपिएका थिए । जनप्रतिनिधि विहिन अवस्थामा दलिय संयन्त्रमा संचालन भएको स्थानिय सरकारले आधुनिक शहर बनाउने बहानामा पुरातात्विक सम्पदा नष्ट हुने विकासको कार्य अगाडि बढाएको थियो । त्यसपछि यस सहरको मौलिकता नै हराएको छ । 

पाल्पा प्राचीन शहर पाल्पाको तानसेन नगर

विशेष