धनुषाका किसानहरु गहुंबाली भित्रयाउन चटारो

धनुषा
तराई मधेसमा धानपछिको दोश्रो मुख्य अन्न बालीको रुपमा रहेको गहुंबाली भित्रयाउन धनुषाका कृषकहरुलाई यति बेला चटारो छ ।
यस वर्ष मलको आभाव भएपनि कृषकहरुले गहुं बाली लगाएका थिए । अकाशे पानीको भरमा खेती गर्न वाध्य जिल्लाका कृषकहरुले गहुं उत्पादन राम्रो हुने आशामा ऋण कर्जा लिएर समेत गहुं बाली लगाएका थिए । जिल्लामा ४० हजार हेक्टर गहुं बाली लगाएको कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ । गत वर्षपनि ४० हजार हेक्टर लगायतका गुहं १ लाख २० हजार २५ मेटिकटन उत्पादन भएको थियो । यस वर्षपनि सोही वर्ष पनि सोही हाराहारीमा उत्पादन हुने कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ । गहुँखेतीमा पहिला सिँचाइ र पछि युरिया मल अभाव रहे पनि सीमावर्ती भारतीय बजारबाट मलको आपूर्ति गरिँदा उत्पादन बढेको पाइएको छ ।