वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु,प्रदेश नम्बर २ मा मृत्यु हुनेको २१२ पुग्यो

वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु,प्रदेश नम्बर २ मा मृत्यु हुनेको २१२ पुग्यो


पर्सा
कोरोनाभाइरस सङ्क्रमणले वीरगञ्जमा फेरी एकजनाको ज्यान लिएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका एक ४२ वर्षीय महिलाले सङ्क्रमणबाट ज्यान गुमाएकी हुन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएर चैत्र २९ गते आइतबार राती ८ बजे अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महिलाको तिन दिनको उपचारपछि मृत्यु भएको छ ।
अस्पताल भर्ना भएकै दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए । 
’भर्ना भएकै दिन उनमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । हामीले उनको थ्रोट स्वाबलाई आरटि–पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।’डा.दासका अनुसार सुरुको दिनदेखिनै उनको स्वास्थ्य अवस्था चिन्ताजनक थियो । उनको अस्पतालमा रहेको कोभिड आईसीयू भित्र अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले जानकरी दिए । 
’उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल थियो । आज उनलाई श्वास प्रश्वासमा धेरै समस्या आएपछि भेन्टिलेटरमा राख्न खोज्यौं । धेरै प्रयास गर्दापनि हामीले उनको ज्यान जोगाउँन नसकेको डा.दासले बताए । स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
अस्पतालमा उपचाररत ७ जना संक्रमितको अवस्था भने सुधारोन्मुख रहेको नारायणी अस्पतालले जनाएको छ । प्रदेश नम्बर २ सक्रिय संक्रमितको स.ख्या १९२ जना रहेका छन । जसमा पुरुष १३० र महिला ६२ जना रहेका छन । प्रदेश नम्बर २ मा अहिले सम्म २१२ जनाको मृत्यु भइसककेो छ । जसमा सप्तरी ४१ , सिरहा २५ ,धनुषा २५,महोत्ररी १८,सर्लाही १४,रौतहट १०,बारा २५,पर्स ५३ र एक जना भारतीय रहेका छन। मृत्यु हुनेमा १७२ जना पुरुष र ४० महिला रहेका छन । प्रदेश नम्बर २मा कारोना जितेको संख्या १६ हजार ९सय ९८ रहेको छ । 
 

वीरगन्ज कोरोनाभाइरस वीरगञ्जस्थित नारायणी अस्पताल

संम्बधित खबर

विशेष